Yesterday, I was invited by SOS Children’s Village family in Nepal to be their guest speaker at one of the functions celebrating their “35th SOS International Day,” a celebration in memory of the late Prof. Hermann Gmeiner, founder of SOS Children’s Village.
I had hoped to reproduce both the audio and the text of the speech but the audio just refused to embed properly! So, you’ll have to come back for that! I delivered the speech at the Web-based function via Microsoft Teams. The guests — mostly Nepalis — were all over rthe world!
Here’s a recording of the presentation followed by the text. Incidentally, this is the first speech I myself wrote in Nepali!
नमस्ते सबैलाई!
सर्वप्रथम त SOS Children’s Village ले मलाई आज तपाईहरुको पैतिसौ SOS International Day Celebration Program मा वक्ताको रूपमा बोल्ने मौका दिनुभएकोमा म धेरै आभारी छु |
तपाईहरु सबै यहाँ आउनु भएर यस कार्यक्रमलाई सफल बनाउन योगदान गर्नु भएको अनि मेरो यो दुइ सब्द सुनिदिनु भएकोमा हृदय देखि धन्यबाद |
अनि अर्को कुरा…मेरो नेपाली धेरै राम्रो नभएकोले यो मेरो दुइ सब्दमा धेरै त्रुती हरु हुन सक्छ | तेस्को लागि म अहिले नै छ्यामा माग्न चाहन्छु |
शिक्षा भनेको जिन्दगीको लागि होइन | जिन्दगी शिक्षा लिनको लागि पनि होइन | शिक्षा भनेको जिन्दगी हो | जिन्दगी भनेको शिक्षा हो |
मैले त्यो पाठ मेरो असाधारण जिन्दगीको अनुभबबाट पाए | तेसैले गर्दा म तेही जिन्दगीको महत्वपुर्ण घटनाहरु र अनुभबहरु छोटकरीमा तपाईहरु को समक्क्ष राख्दै छु |
म गरिब र शिक्षाको नामोनिशाना नभएको एउटा पिछडिएको भनाउदो उपल्लो मुस्तांग को समुदायको परिवारमा जन्मिए | गरिबिकै कारण, अरु गरिब नेपाली परिवारहरु जस्तै, बुबा आमा चाहिं पोखरामा बस्नुभए पनि, सानो हुदा म गाउंमा, मुस्तांगमा, बाजेबजै संगै बस्थे | केहि समय पछी बुबाले, “लेख-पढ गर्न सक्ने सम्म बनाउनु पर्यो” भन्ने हेतुले मलाई पोखरा झीकाएर स्कूलमा भर्ना गरिदिनु भयो |
म भन्दा अगाडी जम्नेका मामा र सानी आमाका छोरा छोरीहरु धेरै जसो स्कूल पनि जादैनथे | गएकाहरु निम्न बिद्यालय पनि नसकी निस्किएका थिए | तेसैले, स्कूलमा पठाए पनि, मैले पढेर केहि हुने त परै जहोस, निम्न बिद्यालय पनि पास गर्ला भन्ने कसैले आश पनि गरेको थिएन |
पोखरामा गरिब भएको कारणले डेडा सर्दा स्कूल पनि सर्नु पर्थ्यो | भाग्यबस मेरो तेस्रो सरकारी स्कूलमा एक जना शिक्षकले मेरो बुबा लाई दिएको सल्लाहले मेरो भाग्यको रेखा नै परिबर्तन गरिदियो |
“तिम्रो छोरा पडाइमा धेरै राम्रो छ | तर यसरी सरकारी स्कूलमा राख्यो भने केहि हुने वाला छैन | काठमाडौंको एउटा राम्रो स्कूलमा रखीदिनु |” भने रे त्यो शिक्षकले मेरो बुबालाई |
बुबाले मलाई काठमाडौंमा लगेर यताउती सोद्पुछ गरेबापत मेरो भर्ना St. Xavier’s Godavari School मा भयो अनि त्यहाँ म गरिब, अनपड, पिछडिएको भनिएका र ”भोटे” भनेर हेपियाको समाजको बालकले एउटा भिन्न र नया बाटो फेला पार्यो |
कुरो हो पाँच कछाको | हाम्रो कछा शिक्षक पादरी Thomas Downing ले स्कूलमा घुम्न आएका पुरानो बिद्यार्थीहरुसंग हाम्रो भेटघाट कार्यक्रमहरु गरिराख्नु हुन्थ्यो | कतिपय ति बिद्यार्थीहरु, कि संयुक्त राज्य अमेरीकामा पडीराखेकाहरु थिए भने कति पढेर फर्केका हरु |
उनिहरुबाट संयुक्त राज्य अमेरीकाको बिस्वबिद्यालयमा पड्न छात्रवृति पाईन्छ भन्ने कुरा सुने | अनि तेस्ता छात्रवृति हातपार्नलाई नेपालमा कुनै ठुलाबडाहरुलाई न चिन्नुपर्छ न उनीहरुलाई उजुरिनै गर्नु पर्छ भन्ने पनि भुझे, जुन म जस्ता “source-force” नभएको भोटे बालकको लागि ज्यादै महत्व पूर्ण कुरा थियो | छात्रवृति पाउनलाई खाली पढाइ र अरु स्कूलमा गरिने अतिरिक्त क्रियाकलापहरुमा खुबी हुनुपर्छ भन्ने पनि राम्रो संग बुझे |
अनि त के चाहियो, मैले पनि संयुक्त राज्य अमेरीकाको बिस्वबिद्यालयमा छात्रवृतिमा पड्नजाने द्रिधता लिएर आफ्नो भाग्यको रेखा म आफै कोर्ने निधो लिए |
पाँच कछा पुग्दा सम्ममा गरिब भोटे भएकोले मैले नेपाली समाज ले मलाई हेर्ने द्रिस्तिकोर्ण को बारेमा सबै बुझीसकेको थिए | समाजले म र म जस्ता भोटेको बच्चाले शिक्षा र ज्ञान हासिल गरेर केहि गर्न सक्दैनन, कोहि हुन सक्दैन भनेर प्रस्ट भनिसकेका थिए |
मेरा बजे, बजै, बुबा, आमा, काका, काकी र उनीहरुका छोरा छोरीहरु र उपल्लो मुस्तांगका भोटेहरु कोहि पनि — र केहि पनि — भएका थिएनन् | तेसै कारण ले पनि मैले मेरो अमेरीका पड़न जाने सपना कसैलाई पनि भनिन …मलाई उनीहरुको खिल्ली सून्नु थिएन |
तर मैले सपना देख्न भने छोडिनँ – शिक्षाको माद्यम बाट आफुलाई उकास्ने, केहि हासिल गर्ने, कोही बन्ने सपना! मलाई नेपाली समाजलाई भोटेको बच्चाले पनि शिक्षा र ज्ञान हासिल गरेर कोहि बन्न सक्छ, केहि गर्न सक्छ भनेर देखाउनु थियो |
शिक्षा नै म जस्ता जातीय भेदभावले मुछिएको सामाजिक र आर्थिक भुँमरीहरुबाट निस्कने एक मात्र बाटो हो भनेर मलाई बिस्वाश लाग्यो । त्यो पनि कुनै साधारण शिक्षा होइन — संयुक्त राज्य अमेरिकी विश्वविद्यालयबाट पाउने शिक्षा ।
मलाई त्यो लक्ष्यसम्म पुग्न सजिलो भएन। गरिबी र अरु कारणले धेरै बाधा झेल्नु पर्यो, चुनौती हरु पारगर्नु पर्यो तर मैले हार नमानी कन, हरेस नखाइकन आफुले रोजेको बाटोमा निरन्तर लागी रहें | अरु को त के कुरा मेरै बुबाले पनि पढाई त्यागेर काम तर्फ लगाउने कोशिश गर्नु भएको थियो |
चुनौती हरु उछेल्दै जब मैले SLC first divisionमा पास गरेर मेरो दुवै आमा र बुबा पट्टिको परिवार तर्फबाट SLC पास गर्ने पहिलो व्यक्ति भएँ |
तेस्पछी मेरो मेहनत को फलस्वरूप सन् १९८८ मा विदेशी भूमिमा शिक्षाकोलागि पाइला टेक्ने सुवर्ण मौका मिल्यो | त्यो भुमि थियो Italy | स्कूल थियो United World College of the Adriatic जहाँ मैले एघार र बाह्र कछा पडनलाई छात्रवृति पाएँ |
Italy पछी मेरो झन्डै १० वर्ष निरन्तर देखिआएको सपना पनि साकार भयो | सन् १९९० मा मलाई संयुक्त राज्य अमेरीकामा छात्रवृतिमा पड़न जाने मौका मिल्यो | चार वर्ष संयुक्त राज्य अमेरीका मा पड्दा खेरि ६ महिना बेलायतमा पनि पड़न गए |
तेती बेला म मेरो गाउँबाट युरोपमा अनि अमेरीकामा पढाईको लगी जाने पहिलो व्यक्ति भएं | जहासम्म लाग्छ म उपल्लो मुस्तांग को पनि पहिलो व्यक्ति हुन सक्छ |
Italy र संयुक्त राज्य अमेरीकामा हुदा जति कक्षा कोठामा शिक्षा र ज्ञान हासिल गर्ने मौका मिल्यो, तेती कक्षा कोठा बाहिर पनि मिल्यो | एक त तेही भएको भएर दुवै देश कै चलनचल्ती, संस्कृति को बारे बुझ्ने सुवर्ण अवसर मिल्यो भने अर्को चाही देश बिदेशका म जस्तै विद्यार्थीहरु बाट पनि धेरै सिक्ने मौका मिल्यो | संगै पड्ने साथीहरु बाट उनीहरुको देश, धर्म बारे, उनीहरुको गित, संगीत, लवाई, खवाई, सोचाई बारे… उनीहरु बाट नै शिक्न थाले |
अर्को शिक्षा र ज्ञानको माध्यम थियो नेपालमा नगरेका र गर्न नपाउने क्रियाकलापहरु | तेस्ता क्रियाकलापहरुमा सामेल हुँदाखेरिको अनुभबबाट अझ धेरै शिक्षा र ज्ञान प्राप्त भयो |
अनि, तेसरी शिक्षकहरु को पढाउने शैली बाट, त्यो देशबाट, साथीहरु बाट, नया र अनौठो क्रियाकलाप को अनुभबहरु बाट अरुहरुको बारे, अरु बिचित्र ठाउँ हरुको बारे जान्दै, बुज्दै गर्दाखेरि एउटा गजबको कुरो हुनथाल्यो | बिस्तारै बिस्तारै मैले मेरो देश, मेरो भेश, मेरो भुषा, मेरो धर्म, मेरो संस्कृति इत्यादीलाई अलि गौर गरेर हेर्न थाले, अलिक नौले दृस्टीकोणले हेर्न थाले | नेपाली चलन, चल्ती, संकृति, समाज, नेपाली मनिष र नेपाल देशलाई नौले दृस्टीकोणले देख्न पनी थालें |
जति ति सबै कुराहरु महत्वपुर्ण थिए त्यो भन्दा अझै महत्व पूर्ण कुरो चाही के भने मैले विदेश नपुगुन्जेल गौर गरेर आफुलाई आफ्नो बारे नसोधेको प्रस्नहरु सोध्न थाले |
“म को हु? म कहाँ बाट आएँ? म कहाँ जादै छु? र किन?” भन्ने जस्ता प्रस्नहरु |
संयुक्त राज्य अमेरीकामा चार वर्षको कलेज सकिनु केहि महिना अगी, सन् १९९४ मार्च तिर, मेरो एकजना अमेरिकी साथीसंग बेलुकी पखको अस्ताईरहेको घाम को रमणीय द्रिस्यको आनन्द लिदै icecream खादै गर्दा उनले मलाई “अब के गर्छस?” भनेर सोधेको अझै याद छ |
जवाफमा “म संसार हेर्न जान्छु” भनेर मैले मेरो नया सपना मेरो साथीलाई सुनाए |
जसरि पोखरा को सरकारी स्कूल बाट St. Xavier’s पुगे बापत मैले कल्पनै गर्न नसक्ने सपनाको बिउ रोपियो र त्यो बिउलाई उमारेर ठुलो बिरुवा बनाउने छ्यमता पनि दियो, तेसरी नै italy, अमेरीका, र बेलायतको पढाई र बसोबास ले मलाई संसार हेर्ने र बुझ्नु पर्ने प्यासले भरिदियो |
नभर्नु पनि कसरी?! ति देशहरुमा पड्दा, बस्दा, घुम्दा, देश विदेश का मनिष हरुको संगत गर्दा तीनवटा कुराहरु को महसुश र ज्ञान भैसकेको थियो |
पहिलो कुरो थियो: मैले त यो संसारमा बस्ने अरु मान्छेहरु को बारेमा त केहि पनि नजानेको, नबुझेको रहेछु,
दोस्रो कुरो थियो: मलाई म आफ्नै बारे पनि तेती धेरै ज्ञान नरहेछ, र
तेस्रो कुरो थियो: मैले त यो पृथ्वी र यहाँ बसोबश गर्ने जीव, जन्तु र जीबन बारे पनि एकदम कम जानेको र बुझेको रहेछु |
संसार घुम्ने इच्छा Italy मा पढाइ गर्न थाले देखिनै भएता पनि मैले तेस तर्फ भने तेस्तो कोसिश चाही गरेको थिइन | तर त्यो सपना पनि साकार भयो — भाग्यमानी को भूतै कमारो भने जस्तै कुनै अदृश्य शक्तिले मलाई देश बिदेश चहार्दै बिज्ञान शिक्षन गर्ने काममा धकेली दियो |
अमेरीकामा पढाई सके पछी, सन् १९९४ को अगष्ट मा Italy बाट सुरु भएर झन्डै २० वर्ष मैले बिज्ञान शिक्षन पेशा बितायें | पूर्वमा Hong Kong देखि पछिममा संयुक्त राज्य अमेरीका; उत्तर मा नर्वे देखि दछिनमा मलावी भन्ने देशमा काम गरे |
५ वटा महादेशका १० वटा देशहरुमा फैलिएको १४ शहरहरुमा मैले आफ्नो गृह सम्झें | तेसैको दौरानमा तेस्तै ३० वटा देश हरुमा घुमे |
त्यो बीचमा एक वर्ष त अस्ट्रेलियामा पनि पुगे…फेरी विद्यार्थी भएर |
नेपाल पहिलो चोटी सन् १९८८ (अठासी) मा छोडेर र सन् २०१३ मा फर्किंदा सम्ममा मैले धेरै शिके, शिकाए, देखे, देखाए र नेपालमा हुर्किदा नसोचेका, नचिताएका, कल्पना नगरेका अनेकन अनुभवहरु बाटुले |
मैले ५ हजार मीटर को हिमालय pass नेपलमा चड्नु देखी लिएर Philipines को समुद्रमा ३० मीटरभन्दा बडी घहिराइमा scuba diving गरे | मैले Norwayको पहाडमा हिउदमा हिउले ढाकेको डाडामा गुफा बनाएर रात बिताउने देखि लिएर Italy को dolomites हिमालय सृंखलाको सानो Cabins हरुको पनि अनुभब गरे | तेसैगरी मैले Zambia को South Luwanga राष्ट्रिय निकुन्ज देखि लिएर Tanzania को भएंकर ठुलो Serengeti Plains पनि चाहार्न पुगे | तेसरी घुम्दा फिर्दा मैले हाम्रो पृथ्वीको बारे नगन्य कुराहरु बुझे र सिके |
मैले पाएका सबै भन्दा महत्वपुर्ण ज्ञान भन्नु पर्दा चाही यो हो: मनबता नै सबै भन्द ठुलो कुरा हो |
मैले एक वर्षको अस्ट्रेलिया बसाई पछी त्यहाको अदिभासी aboriginals हरु को didgeridoo भन्ने बाद्य बादन आफैले सिके | संयुक्त राज्य अमेरीकामा मैले एउटा नया ultimate frisbee भन्ने खेलसिके र तेही नै मेरो सबै भन्दा मन पशंदा खेल भयो र धेरै देशहरुमा खेले | मैले अहिले सुन्ने गरेको मेरो संगीतहरु तेस्तै एक दर्जन भाषा हरुमा छन् |
फलत देश बिदेशका कति ठाउँहरु, चलनहरु, संस्कृतिहरु मेरो आफ्नै पहिचानको अभिन्न अंग बन्न आयो |
अनि चार देशमा विद्यार्थी हुदा, नौ अरु देशमा शिक्षक हुदा, र झन्डै तिस अरु देशहरुमा पाईला टेक्दा, देश बिदेशका मानिसहरु भेट्नु, साथी बनाउनु त स्वभाविकै थियो | झन्डै २५ वर्षको लामो विदेश बसाईको समयमा मैले तेस्तै दर्जन थरिका देशका मनिषहरु संगै एउ्टै कोठामा या घरमा बस्ने मौका पाए | दर्जनौ देशहरुमा दर्जनौ देशाहरुका मानिसहरु अहिले मेरा साथी छन् | अहीले आएर देश भनेको मलाई कुनै राजनीतिक र भौगोलिक इकाई नभैकन मेरो साथीहरुको बसाई बन्न पुगेको छ र तेसरी अरु देशहरुसंग मेरो एउटा अटुट सम्बन्द गासिएको छ |
अनि, मैले “म को हु?” भनेर पहिलो चोटी विदेश हुदा सोधेको प्रस्नको उत्तर भेट्टाए | म, सर्ब प्रथम, एक मानव हु | तेशपछी म एक नेपाल को नागरिक हु |
सन् १९८८ (अठासी) मा जिन्दगीमा शिक्षा हासिल गरेर कोहि न कोहि बन्न सक्छु र केहि गर्न सक्छु भनेर नेपाली समाजलाई देखाऊछु भनेर हिडेको यो भोटको छोरा, त्यो भन्दा पनि धेरै पाईला पर जान र त्यो भन्दा पनि धेरै माथि उक्लिन सफल भयो | मैले त नेपाली समाजको सानो सोचाई र द्रिस्तिकोर्ण बाट मुक्त र स्वतन्त्र मात्र पइन, म आफैले नचिताएको, नसोचेको, मैले कल्पनानै नगरेको व्यक्ति सम्म हुन पुगे | यसरी ति असाधारण शिक्षा र अनुभवकै कारणले आफुले आफैलाई र संसारलाई हेर्ने द्रिस्तिकोर्णमा आकाश पाताल परिबर्तन ल्यायो |
तर, तेस्को बाबजुत, यी अनुभबहरुले मलाई सिकाएको सबैभन्दा महत्वपूर्ण पाठ यो हो: अन्तमा आएर, जे जति र जस्तो हिसाब किताब राखेता पनि, सबै भन्दा महत्वपूर्ण कुरा चाही अरु मानिसहरुलाई राम्रो व्यवहार गर्यो की गरेन भन्ने हो |
यो मेरो बक्तव्यको अन्तमा मानिसहरुसंगको व्यवहारको पाठ सम्बन्धी एउटा सान्दर्विक गटनाको बारेमा सुनाउन चाहन्छु |
कुरो सन् २०१३ को हो जब म दोहा, कतारमा एउटा अन्तर्राष्ट्रिय स्कूलमा पढाउथे | May महिनाको एक तारिकमा मलाई इस्लाम धर्मलाई अपमान गरेको झूटो अभियोगमा जेलमा हुलिदियो | म जेलखानामा परेको खबर एक हफ्तापछी दोहाको online पत्र dohanews ले र संयुक्त राज्य अमेरिकाको washington post ले संसारभर फैलाईदियो |
संसार भरका साथीभाई हरुले थाहा पाएपछि मेरो रिहाको लागि Free Dorje Gurung अन्तर्राष्ट्रिय पहल भयो, व्यापक अभियान गरियो । अभियानमा संग्लाकन नेपालमा मेरा St. Xavier’s स्कूलका साथी हरु थिए | संयुक्त राज्य अमेरिकामा म संगै पढेका अमेरिकी साथीहरु र अमेरीका बसोबश गर्ने नेपाली साथीहरु थिए | अनि संसार भर फैलिएका म संग italyमा, अमेरिकामा, Australiaमा पढेका अरु साथीहरु थिए | ति बहेक, संसारभर फैलिएका मैले पढाएका बिद्यार्थीहरु र संगै पढाउने गरेका शिक्षक साथीहरु पनि थिए | अनि वहाहरु का साथीहरु |
जम्मा चार दिनमा Free दोर्जे गुरुङ अभियान यति ठूलो भयोकि, कतारको कुनै ठुलो मान्छेले मलाई जेल बाट छोड्ने आदेश जारी गर्यो | ११ रात १२ दिन पछी May महिनाको १२ तारिक दिउसो म जेल बाट मुक्त भए | अभियान नभएको भए, मेरो सजाय ७ वर्ष कैद हुन सक्ने थियो |
मेरो स्वतन्त्रको लागि तेती धेरै देश बिदेशमा रहने मेरा चिनाजानी मनिसहरु किन खटे ? त्यो अभियानमा संग्लग्न कोइ कोइ त त्यो चार दिन सुत्न पनि सुतेनन रे | किन तेसरी वहाहरु खट्नु भयो? मैले बुजेको कारण चाही मेर्रो चरित्र थियो रे ; मैले वहाहरु संग गरेको राम्रो व्यवहार थियो रे |
यो मेरो दुइ सब्दको अन्तमा म यहाँ जम्मा भएका भाइ बहिनि हरुलाई पाँचवटा सल्लाह दिन चाहन्छु |
- कसैले तपाईलाई तपाईले गर्न खोज्नु भएको काम गर्नसक्नु हुन्न या तपाईले देख्नु भएको सपना तपाइले साकार पार्न सक्नुहुन्न भन्यो भने उनीहरुको कुरा न
ासुन्नुस - किताब, उपन्यास पद्नुष
- नौलो काम कुरा हरु मा ध्यान दिनुष अनि मौका मिल्यो भन्ने गर्नुस – जिज्ञासा ले नै शिक्षा जारि राक्छ, निरन्तरता दिन्छ
- देश बिदेश घुम्नुस
- अनुभब बटुल्नुस, पैसा होइन! अनुभब पैसा भन्दा मुल्याबान हुन्छ |
म एउटा गरिब भोटेको छोरा कहाँ बाट जिन्दगि सुरु गरेर आज यहाँसम्म आइपुग्यो भने, तपाईहरु पनि के कम?! म जिन्दगीमा आज जहासम्म पुग्न सफल भएको छु तपाईहरु पनि पुग्न सक्नु हुन्छ |
म भन्छु आटनुश |
तेस्को साथै म मेरो यो दुइ सब्द येही टुंग्याउन अनुमति चाहन्छु |
धन्यबाद |